२०६४ पछि फेरी उपेन्द्र आक्रामक, “बा’ले मधेशीलाई राजिनामा, पहाडीलाई टाउकोमा राख्यो

१ साउन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी प्रति सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा सचिवालयमार्फत आफ्नो धारणा व्यक्त गर्दै यादवले भनेका छन्, ‘ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शीरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गर्न पनि छुट छ ।’

सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मूलका थिए, र उनलाई राजीनामा दिन बाध्य पारियो,’ यादवले भनेका छन्, ‘बिचौलिया, कमिशनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठूलो काण्ड गरेनी ‘बा’ को शिरमा विराजमान भइरहन्थे ।’

‘भूमि मन्त्री अधिकारी, गुप्ताजीकै केस र अडियो काण्डमा मुछिएका हुन् । अडियो लगायतका प्रमाणहरू मिडियामा छ्यापछ्याप्ती छन् । तर, ‘बा’ र अधिकारीको सगोत्री समुदाय मौन छ,’ यादवले अघि भनेका छन्, ‘बलराम अधिकारीको ठाउँमा कुनै मधेशी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ‘बा’ ले राजीनामा गराई सकेको हुन्थे।